Techie IT
Samayabaddha
शनिबार, २३ फागुन, २०८२

काठमाडौंको इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाख रुपैयाँसहित एक जना पक्राउ


काठमाडौं, १४ माघ । काठमाडौंको इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका २४, इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाख ७५ हजार रुपैयाँसहित चितवनको भरतपुर महानगरपालिका १५ घर भई हाल काठमाडौंको टोखामा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए ।

एसएसपी खनालका अनुसार श्रेष्ठलाई आइतबार दिउँसो साढे ४ बजे पक्राउ गरिएको हो । पक्राउ परेका श्रेष्ठमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको एसएसपी खनालले बताए ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट