Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

वीर अस्पतालको निर्देशक नियुक्तिको बिषयलाई लिएर लफडा


काठमाडौं, २६ फागुन । नेपालकै सबै भन्दा पुरानो वीर अस्पतालको निर्देशक नियुक्तिको बिषयलाई लिएर अहिले लफडा सुरु भएको छ ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलको कार्यकाल सकिएपछि अस्पतालको निमित्त निर्देशकको रुपमा बरियात मिचेर स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपाली कांग्रेस निकट डा.समाज गौतमलाई निमित्तको जिम्मेवारी दिएका थिए ।

अस्पतालको निर्देशककालागि न्याम्सले ३ जनाको नाम सिफारिस गरेको थियो । बरिष्ठता र बिज्ञताको हिसावले न्याम्सले ३ जनाको नाम सिफरिस गरेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिसको तेस्रो नम्वरमा रहेका डा. दिलीप शर्मालाई निर्देशक बनाउन स्वास्थ्य मन्त्री पौडेललाई दवाव दिएका छन् ।

न्याम्सले डा. अनुपमा कार्की, डा. समाज गौतम र डा दिलीप शर्मालाई सिफारिस गरेको न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले सहकुलपति मन्त्री पौडेल समक्ष तीन जनाको नाम सिफरिस गरेका थिए ।

दक्षता र बरिष्ठताको हिसावले डा. संगीता मिश्रा सचिवमा बढुवा हुनु पर्ने भएपनि स्वास्थ्य मन्त्री पौडेलले आफू निकट डा. देवकोटालाई स्वास्थ्य सचिव बनाएपछि प्रधानमन्त्री ओलीले आफू निकट रहेका बरिष्ठ कलेजो रोग बिशेषज्ञ डा. शर्मालाई निर्देशक बनाउन दवाव दिएको स्वास्थ्य मन्त्री निकट स्रोतले जानकारी दियो ।

हाल स्वास्थ्य सचिवमा बढुवा भएका डा. विकास देवकोटा नेपाली कांग्रेस निकट हुन् । दक्षता र बरिष्ठताको हिसावले डा. संगीता मिश्रा सचिवमा बढुवा हुनु पर्ने भएपनि स्वास्थ्य मन्त्री पौडेलले आफू निकट डा. देवकोटालाई स्वास्थ्य सचिव बनाएपछि प्रधानमन्त्री ओलीले आफू निकट रहेका बरिष्ठ कलेजो रोग बिशेषज्ञ डा. शर्मालाई निर्देशक बनाउन दवाव दिएको स्वास्थ्य मन्त्री निकट स्रोतले जानकारी दियो ।

डा. शर्मा ओली क्याविनेट चिकित्सको रुपमा हाल काम गरिरहेका छन् । हाल निमित्तको जिम्मेवारीमा रहेका गौतम पनि कांग्रेस निटक चिकित्सक भएकाले बरिष्ठता र बिज्ञताको हिसावले एक नम्वरमा रहेकी डा. कार्कीलाई वाइपास गरेर जुनियरलाई निर्देशक बनाउने खेलमा स्वास्थ्य मन्त्री र प्रधानमन्त्री स्वयम लाग्नुले मुलुकमा सुशासन हराउँदै गएको टिप्पणी हुन थालेको छ ।

स्वास्थ्य मन्त्री पौडेलले न्याम्सका उपकुलपति डा. बस्नेतलाई एक जनाको मात्रै नाम सिफारिस गरेर पठाउन दवाव दिएको भएपनि डा. बस्नेतले भने तीन जनाको नाम सिफारिस गरेर पठाएका थिए ।
यस अघि नै वीर अस्पतालको निमित्त निर्देशक र हाल न्याम्सको पदाधिकारी भएर काम गर्दै आएकी डा. कार्कीलाई पन्छाएर डा. शर्मालाई निर्देशक बनाउने खेल सुरु भएको भन्दै चिकित्सकहरुले सरकारको आलोचना गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट