Techie IT
Samayabaddha
शनिबार, २८ चैत्र, २०८२

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा महोत्तरीमा सशस्त्र प्रहरीका सई पक्राउ


काठमाडौं, १ चैत । बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा महोत्तरीमा सशस्त्र प्रहरीका एकजना नायब निरीक्षक (सई) पक्राउ परेका छन्।

त्यहाँको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक धर्मेन्द्र सिंहलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए । ‘उनीमाथि बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने आरोप छ, अहिले हामीले अनुसन्धान थालेका छौँ’, उनले भने

उनले सशस्त्र प्रहरीले नै नियन्त्रणमा लिएर सिंहलाई प्रहरीको जिम्मा लगाएको पनि जानकारी दिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट