Techie IT
Samayabaddha
सोमबार, ५ जेठ, २०८२

कालीगण्डकी कोरिडोरमा काम गर्ने दुई मजदुर मृत फेला


पाल्पा, ३ चेत । कालीगण्डकी कोरिडोर अन्तर्गत राम्दी–दर्पुक–रानीमहल सडकखण्डमा काम गर्ने दुई जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली गोलाचउर–६ का २६ वर्षीय भोजराज अस्लामीमगर र दाङ् जिल्ला तुल्सीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटी रहेका छन् ।

उनीहरु दुबै जनाको शव पाल्पाको बगनासकाली–६, यम्घा माइचउरस्थित कालीगण्डकी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

कालीगण्डकी कोरिडोर अन्तर्गतको सडकमा डोजर अपरेटरको रुपमा कार्यरत अस्लामीमगर हराएको छ दिनपछि नदी किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

यस्तै सोही सडकमा मजदुरको रुपमा कार्यरत रास्कोटी पनि मृत फेला परेका छन् । फागुन २९ गते बगासकाली–६, माइचउरस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका रास्कोटी चार दिनपछि नुहाउने स्थानदेखि २०० मिटर तल मृत फेला परेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट