Techie IT
Samayabaddha
शनिबार, २८ चैत्र, २०८२

आलुले लागेर एक जना घाइते


काठमाडौं । काठमाडौंको तारकेश्वरमा प्रेसर कुकरको ढक्कन पड्किँदा उछिट्टिएको आलु लागेर एक जना घाइते भएका छन् ।

तार्केश्वर नगरपालिका–३ तीनपिप्लेस्थित उज्वल तथा सम्पन्न खाजा घरमा बुधबार बिहान साढे ६ बजे प्रेसर कुकर पड्किएको थियो। यस घटनामा नुवाकोटको विदुर नगरपालिका वडा ९ घर भई हाल तार्केश्वर बसिरहेका २३ वर्षीय विशाल तामाङ घाइते भएका छन्।

सविन तिवारीले सञ्चालन गरेको उक्त खाजा घरमा तामाङले खाजा खान आउने क्रममा आलु पकाउँदै गरेको प्रेसर कुकरको ढक्कन अचानक पड्किएको थियो।

कुकुरबाट उछिट्टिएको आलुको टुक्राले अनुहारमा लाग्दा उनी घाइते भएका थिए। उनलाई तत्काल कीर्तिपुर अस्पताल लगी उपचार गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल प्रहरीले जानकारी दिए । उनलाई बुधबार राति साढे ८ बजे डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट