वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा अवस्था तनावग्रस्त
	
				
			वीरगञ्ज, ३० चैत । वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । हिन्दूहरुले हनुमान जयन्तीको अवसरमा निकालेको शोभायात्राको क्रममा झडप भएको बताइन्छ ।
स्थानीय छपकैया चोकमा भएको भिडन्तपछि पसलहरुमा आगो लगाइएको छ । घटनालाई नियन्त्रणमा लिन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
क्याटेगोरी : प्रदेश खबर, समाचार


				
				
				
				
				
				















प्रतिक्रिया