कक्षा १२ को परीक्षाको संशोधित समयतालिका सार्वजनिक (तालिकासहित)
काठमाडौं, १० वैशाख । कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ११ गतेदेखि तय गरिएको परीक्षाको संशोधित समयतालिका सार्वजनिक गरेको हो ।
बोर्डले कक्षा १२ को साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समयतालिका बुधबार सार्वजनिक गरेको छ । बोर्डका अनुसार अब परीक्षा यही वैशाख २१ गतेदेखि हुनेछ । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।
यसअघि बोर्डले मंगलबार कक्षा १२ को परीक्षा सर्ने निर्णय गरेको थियो ।
परीक्षा तालिका हेर्न यहाँ थिच्नुहोस्
क्याटेगोरी : समाचार



















प्रतिक्रिया