भक्तपुरमा बसले पार्किङमा राखिएका १० वटा दुईपांग्रे सवारी कुल्चियो

काठमाडौं । भक्तपुरको च्याम्हासिंह स्थित लिवालीमा बसले पार्किङमा राखिएको १० वटा दुईपांग्रे सवारीमा कुल्चिदा क्षति पुगेको छ ।
भक्तपुर नगरपालिका–८ स्थित लिवालीमा च्याम्हासिंहबाट जगाते तर्फ जाँदै गरेको बा।३ ख ५०४७ नम्बरको बसको ब्रेक फेल भएर दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए ।
बसको ठक्करबाट पार्किङ गरेर राखिएको ३ स्कुटर र ७ वटा मोटरसाइकलमा क्षति पुगेको छ । बस चालक महोत्तरीको बर्दिबास नगरपालिका–४ घर भएका २३ वर्षीय बिरबल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे प्रहरी वृत्त जगातेले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया