Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण


भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव भारतीय पक्षले नेपाली प्रशासनको रोहवरका परिवारलाई जिम्मा लगाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बाबुदेव घिमिरेले सुनौलीमा बिहीबार बिहान प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा मृतकका मामा महाश्रम पाण्डेले शव बुझेको रातोपाटीलाई बताए । उनले भने,‘आज बिहान हाम्रो रोहवरमा भारतीय पक्षले शवलाई परिवारको जिम्मा लगाएको हो ।’

बुटवल उपमहानगरपालिका–११ होराइजन टोलका २७ वर्षीय सुदीप केही दिनअघि आमा, दिदी र भिनाजुसँग भारतको पारिवारिक भ्रमणमा गएका थिए । उनलाई मंगलबार कश्मीरमा आतंककारीले गोली हानी हत्या गरेको थियो ।

बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले अहिले शव बुटवलको कालिका नगरमा ल्याउने तयारी भएको रातोपाटीलाई बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट