Techie IT
Samayabaddha
शुक्रबार, २१ कात्तिक, २०८२

सल्यानमा बस दुर्घटना हुँदा पाँच जना घाइते


सल्यान, १२ वैशाख । रुकुम पश्चिमको नुवाकोटबाट छुटेको बस सल्यानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । शुक्रबार बिहान सल्यानको बागचौर नगरपालिका ५ को खालबोटमा लु २ ख ६२७१ नम्बरको हाउस गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनालाई हातखुट्टामा चोट लागेको छ भने दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि सल्यानको बागचौर लगिएको र हालसम्म चालक फरार रहेको प्रहरी चौकी सिमखोलीका इन्चार्ज कृष्ण शाहले जानकारी दिए । घाइतेहरूको विवरण आउन बाँकी रहेको उनले बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट