Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

आन्दोलनरत शिक्षक-प्रहरीबीच नयाँ बानेश्वरमा झडप, पानीको फोहोरा प्रहार


काठमाडौं, १४ वैशाख । आन्दोलनरत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । आइतबार नयाँ बानेश्वरमा प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले बताए ।

“प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार भएको छ । लाठीचार्ज भएको छैन,” उनले भने । शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा तनाव बढेको हो । आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो ।

अहिले बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण छ । प्रहरीले शिक्षकहरुमाथि पानीको फोहोरा हानेर भिड तितरवितर पारेको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २६ दिनदेखि शिक्षक काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट