Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

साढे चार घण्टा डिल्लीबजार कारागार बसेपछि रेशम चौधरी थुनामुक्त


काठमाडौं, १७ वैशख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रबाट पक्राउ परेका चौधरी साढे चार घण्टापछि बुधबार साँझ डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

सर्वोच्चले आधिकारिक पत्रमार्फत यसअघिको पत्र अनधिकृत भएको र सो पत्रका आधारमा पक्राउ परेका भए रिहा गर्न भनेको थियो ।

चौधरी बुधबार दिउँसो प्रज्ञाभवनबाट पक्राउ परेका थिए । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता सभामा सहभागी हुन प्रज्ञाभवन गएका बेला उनी एकाएक पक्राउ परेका थिए ।

प्रहरीले सुरुमा सर्वोच्च अदालतको पत्रका आधारमा पक्राउ गरेको बताएको थियो । तर, पछि पत्र नै अनधिकृत रहेको खुलेको थियो ।

रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न कारागारलाई सर्वोच्चको पत्र (हेुर्नुहोस् पत्र)

 


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट