Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

बबीसिंह यादवले वैवाहिक कार्यक्रममा पड्काएको पेस्तोल बरामद


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की नेत्री बबीसिंह यादवले वैवाहिक कार्यक्रममा पड्काएको पेस्तोल प्रहरीले बरामद गरेको छ । विवाह समारोह भएको घरबाट पेस्तोल बरामद गरेको र सक्कली हो कि होइन भन्ने जाँचका लागि विज्ञान प्रयोगशाला पठाउने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीको सोधपुछका क्रममा नेत्री यादवले सर्लाहीमा आफ्नी मामाकी छोरीको बिहेमा खलौनावाला तर बारुद हालेर पड्काउने बन्दुक पड्काएको बताएको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

प्रहरीका अनुसार यही वैशाख ११ गते बबी यादवको मामाघरको बिहे सन्दर्भमा हल्दी मेहेन्दीको कार्यक्रममा पेस्तोल पड्काएको पाइएको छ । यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

मधेशमा विवाहको बेला बाजा, पटाका, आतसबाजीहरू गर्ने चलन छ । तर सक्कली बन्दुकसहित पटाकावाला खेलौना बन्दुक पनि सार्वजनिक ठाउँमा पड्काउन प्रतिबन्ध रहेको प्रहरीले जनाएको छ


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट