ट्रकको ठक्करबाट मनहरी गाउँपालिकामा एक पैदलयात्रीको मृत्यु

मकवानपुर, १९ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–८ मा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना५ख ७७१२ नम्बरको ट्रकको ठक्करबाट राक्सिराङ गाउँपालिका–९ का ७० वर्षीय गंगाबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
बाटो काट्ने क्रममा स्याङतानलाई शुक्रबार (वैशाख १९) बिहान ट्रकले ठक्कर दिएको हो । घटनास्थलमा नै उनको मृत्यु भएको थियो । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया