Techie IT
Samayabaddha
मंगलबार, ३ असार, २०८२

भारतको केआईआईटी विश्वविद्यालयमा अर्की नेपाली छात्राको पनि शव फेला

झुण्डिएको अवस्थामा विश्वविद्यालयमा पहिलो वर्षमा अध्ययनरत वीरगञ्जकी प्रिशा साहको शव भेटिएको हो


काठमाडौं, १९ वैशख । भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्राको पनि शव फेला परेको छ । झुण्डिएको अवस्थामा विश्वविद्यालयमा पहिलो वर्षमा अध्ययनरत वीरगञ्जकी प्रिशा साहको शव भेटिएको छ ।

हिजो साँझ नियमित जाँचको क्रममा छात्रावासमा बस्दै आएको चौथो तलाको उनको कोठाको ढोका नखुलेपछि फुटाएर हेर्दा उनी मृत फेला परेको बताइन्छ ।

यसअघि गत फागुनमा बुटवलकी छात्रा प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो । प्रकृतिको मृत्यु शंकास्पद रहेको र विश्वविद्यालयले लापरबाही गरेको आरोप लगाएपछि नेपाली विद्यार्थीमाथि विश्वविद्यालयका प्रोफेसर र कर्मचारी नै जाइलागेका थिए । वातावरण आन्दोलित भएपछि धेरै विद्यार्थी घर फर्केका थिए ।

पछि विवाद र तनाव सिर्जना भएको थियो । विश्वविद्यालयको लापरबाहीले प्रकृतिको मृत्यु भएको भन्दै नेपाली विद्यार्थीले आन्दोलन गरेपछि नेपाली विद्यार्थीलाई कुटपिट गर्दै विश्वविद्यालयबाट निकालिएको थियो ।

प्रकृतिको मृत्युको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राज्य सरकारले पनि घटनाको छानबिन गरेको छ ।

भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा नेपली विद्यार्थी मृत्यु प्रकरण : परराष्ट्र मन्त्रालययले थाल्यो कुटनीतिक पहल


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट