रोल्पाको त्रिवेणी गाउँपालिकामा असिना पानीले तरकारी बालीम क्षति

होलेरी (रोल्पा), १९ वैशाख । बिहीबार परेको असिना पानीले रोल्पाको त्रिवेणी गाउँपालिकामा लगाइएको तरकारी बालीम क्षति पुर्याएको छ ।
त्रिवेणी गाउँपालिकाको गैरीगाउँ, रिची, गोठबाङ, तिला खर्कलगायतका दर्जनभन्दा बढी गाउँमा लगाइएको तरकारी बालीमा क्षति पुर्याएको अगुवा कृषक अमर केसीले बताए । टमाटर, सिमी लगायतका तरकारी बाली त फल्न पनि सुरु गरेका थिए । फल्न सुरु गरेको तरकारी बालीमा क्षति हुँदा किसान भने चिन्तित बनेका छन् ।
असिना पानीले टमाटर, बन्दा, सिमी, काउली काँक्रा तरकारीमा क्षति पुर्याएको छ भने तरकारीका साना बेर्ना पूर्णरुपमा क्षति गरेको केसीले जानकारी दिए । फल्न सुरु गरेको तरकारी बालीमा असिना पानीले क्षति पुर्याएपछि किसानहले सरकारसँग राहतको अपेक्षा समेत गरेको बताएका छन् । रोल्पाको त्रिवेणी गाउँपालिका तरकारी खेतीका प्रख्यात ठाउँ हो ।
क्याटेगोरी : अर्थ, पालिका, समाचार
प्रतिक्रिया