नुवाकोटवासीले गरेको फोहोरका गाडिमाथिको अवरोध हट्यो, २०० गाडी डम्पिङ साइटमा पुग्दै

काठमाडौं,१९ वैशाख । काठमाडौं महानगरपालिकाले माछापोखरीको फुटपाथ व्यापार हटाएको विरोधमा नुवाकोटवासीले गरेको फोहोरका गाडिमाथिको अवरोध हटेको छ ।
स्थानीयसँगको वार्तापछि गाडीहरू डम्पिङ साइटतर्फ गएको महानगर वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईले जानकारी दिइन् ।
“माछापोखरीमा वास्तविक किसानलाई ठाउँ छुट्याउने वार्ता भयो । त्यसपछि रोकिएका २०० गाडी डम्पिङ साइटमा पुग्दैछन्,“ उनले भनिन् ।
महानगरले माछापोखरीको फुटपाथमा व्यापार गर्नेहरूलाई हटाउन राति १ बजेदेखि नगरप्रहरी परिचालन गरेको थियो । त्यसको विरोधमा स्थानीयले सडक बन्द गरेका थिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया