Techie IT
Samayabaddha
शुक्रबार, १९ वैशाख, २०८२

विद्युत् महसुल बढाउने तयारीमा हितेन्द्रदेव शाक्य


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बढाउने तयारी गरेको छ । शुक्रबार श्वेतपत्र जारी गर्ने क्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले समयानुकूल विद्युत् महसुल समायोजन गरिने बताए ।

उनका अनुसार, तीन वर्षदेखि विद्युत् महसुल समायोजन भएको छैन ।

यस्तै, मन्त्रिपरिषद्‌को निर्णयानुसार डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता प्रचलित विद्युत् वितरण तथा संलकन विनियमावलीअनुसार असुलीको प्रक्रिया तत्काल अगाडि बढाइने उनको भनाइ छ ।

सडकबत्ती तथा सरकारी बक्यौताका साथै अन्य बक्यौता सरकारको सहयोगमा असुल गरिने शाक्यले बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट