Techie IT
Samayabaddha
मंगलबार, २३ वैशाख, २०८२

अविरल वर्षाले सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा बाढी, बाटो डुबानमा


सिरहा, २३ वैशख । सोमबार रातिदेखि परेको वर्षाले सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा बाढी आएको छ । नदीमा पानीको सतह बढेपछि पुलमुनिको बाटो डुबानमा परेको छ । जसका कारण सवारीसाधन तथा पैदलयात्रुहरूको आवतजावत बन्द भएको छ ।

आवतजावतका लागि बनाइएको अस्थायी बाँसको पुल पनि बाढीले बगाएका छन् । यहाँ पक्की पुल निर्माण भइरहेको थियो । त्यो सञ्चालन नहुँदै भाँसिएको थियो । बाँसको पुल भएपनि मोटरसाइकल र पैदलयात्रीलाई सामान्य सहज भइरहेको थियो ।

पुल निर्माणका लागि आफूहरूले पटकपटक आवाज उठाए पनि सुनुवाइ नभएको सिरहा नगरपालिका ६ वडा अध्यक्ष ईन्द्रजित यादवले बताए ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट