एटीएम मेसिन फोर्न ज्ञानेन्द्र पक्राउ

काठमाडौं, २३ वैशाख । बालाजु प्रहरीले गएराति एटीएम फोडेर रकम चोरी गर्दै हिँड्ने एक युवालाई पक्राउ गरेको छ । मध्यराति साढे १२ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाइपास ओरालोबाट ती युवा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१३ का २९का ज्ञानेन्द्र ठकुरी छन् । ठकुरीले माछापुछ्रे बैंक र कुमारी बैंकको एटीएम तोडफोड गरेर रकम चोरी गर्ने प्रयास गरेका थिए ।
सोही सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले ठकुरीलाई बालाजु बाइपासबाट पक्राउ गरेको हो । उनले एटीएमबाट रकम भने चोरी गर्न नसकेको प्रहरीले जनाएको छ ।
ठकुरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
ठकुरी सडकपेटीमा बस्ने गरेको र एटीएम फुटाउन जाँदा मदिरा समेत सेवन गरेको पाइएको छ । बालाजु प्रहरीले उनीमाथि अनुसन्धान थालेको छ ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया