बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा आज वैशाख २४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले अस्ति सोमवार सूचना निकालेर भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको थियो ।
प्रदेश सरकारी कामकाजी भाषा ऐन–२०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले बताए।
बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशमा सरकारी कामकाजको नेपाल भाषा र तामाङ भाषालाई २०८१ वैशाख २४ गतेदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याइएको थियो ।
दिवसको अवसरमा काठमाडौंमा र हेटौँडामा कार्यक्रम हुँदैछन् । भाषा दिवसको अवसरमा काठमाडौं र ललितपुर महानगरका केही निजीसहित सबै सामुदायिक विद्यालयले बिदा दिएका छन् ।
भक्तपुरमा पनि विद्यालयहरु बन्द छन् । काठमाडौं उपत्यकाका केही पालिकाले पनि आज बिदा दिएको सूचना निकालेका छन् ।
क्याटेगोरी : प्रदेश खबर, समाचार
प्रतिक्रिया