Techie IT
Samayabaddha
बिहीबार, २५ वैशाख, २०८२

हुण्डी कारोबारमा संलग्न भारतीयसहित दुई जना पक्राउ


काठमाडौं, २५ वैशाख । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका २३ ओमबहाल बस्ने भारत कलकत्ता घर भएका सुरज दत्त र चन्द्रागिरी नगरपालिका १५ तिनथाना बस्ने रूपन्देही देवदह नगरपालिका घर भएका धर्म प्रसाद ढकाल रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट मंगलबार खटिएको प्रहरीले काठमाडौं महानगरपालिका २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलाबाट उनीहरूलाई नगद ४० लाख ३२ हजार ५ सय रूपैयाँ र चेक २१ थान सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट