Techie IT
Samayabaddha
बिहीबार, २५ वैशाख, २०८२

लघुवित्ती पीडितहरूद्वारा माइतीघरमा सरकारविरुद्ध नारा लगाउँदै प्रदर्शन


काठमाडौं, २५ वैशाख । लघुवित्ती पीडितहरूले आज पनि विरोध प्रदर्शन गरेका छन्। विभिन्न जिल्लाबाट आएका उनीहरूले काठमाडौंको माइतीघरमा सरकारविरुद्ध विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन्। लघुवित्त र मिटर ब्याजीका कारण आफूहरू समस्यामा पर्दा समेत सरकार मुकदर्शक बनेको भन्दै माग पूरा नभएसम्म जिल्ला नर्फकिने उनीहरूको भनाइ छ ।

सरकारले पटकपटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको उनीहरूको आरोप छ।

लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने,आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान,आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था,समाजवादी अर्थतन्त्रको विकास जनपक्षीय मौद्रिक नीति कायम, कालोसूची तथा धितो लिलाम फुकुवा,भूमिहीन तथा वित्तीय शोषणका पीडितहरूलाई मुआब्जाको व्यवस्था र प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको व्यवस्थाको माग गर्दै उनीहरू लामो समयदेखि आन्दोलित बनेका हुन्।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट