Techie IT
Samayabaddha
शुक्रबार, २६ वैशाख, २०८२

पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना तिर्दै राजावादी


काठमाडौं, २६ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना तिर्ने तयारी गरिएको छ । जनआन्दोलन संघर्ष समितिका संयोजक नवराज सुवेदीलगायत नेताहरूले महानगर पुगेर आजै जरिवाना तिर्ने तयारी गरेको राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

“जरिवाना राप्रपाले तिर्ने होइन । राजावादी साथीहरूले संकलन गरेको रुपैयाँ हिजो सुवेदीलाई बुझाएका छन् । आज गएर महानगरमा बुझाउने हो,” उनले भने ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा सार्वजनिक सम्पत्ति तोडफोड र फोहोर गरेकोसहित विभिन्न शीर्षकमा काठमाडौं महानगरले पूर्वराजा शाहका नाममा सात लाख ९३ हजार रुपैयाँ बराबरको जरिवानापत्र काटेको थियो ।

त्यसपछि राजावादीको एक समूहले सामाजिक सञ्जालमार्फत चन्दा संकलन अभियान चलाएको थियो । चन्दा संकलनबाट उठेको रकममध्ये सात लाख ९३ हजार जरिवाना तिर्ने र बाँकी रुपैयाँ समितिले नै खर्च गर्नेछ ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट