Techie IT
Samayabaddha
आईतबार, २८ वैशाख, २०८२

ट्रक पल्टिएर नारायणघाट–मुग्लिन सडक अवरुद्ध


चितवन । नारायणघाट–मुग्लिन सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा अवरुद्ध भएको छ । आज बिहान ७ बजे वीरगन्जबाट काठमाडौं जाँदै गरेको ट्रक पल्टिएर बाटो अवरुद्ध भएको हो ।

कोइला लोड गरेको सो ट्रक आफैँ अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ । अवरोध खुलाएर बाटो सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट