Techie IT
Samayabaddha
मंगलबार, ३० वैशाख, २०८२

‘प्रेस स्वतन्त्रता सेनानी’ पत्रकार भेषराज पौडेलको निधन


काठमाडौं, ३० वैशाख । प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार भेषराज पौडेलको निधन भएको छ । ७५ वर्षीय पौडेलको वैशाख २९ गते निधन भएको हो ।

२०४२ सालमा दाङबाट जय नेपाल नामक पत्रिका प्रकाशन गरेर पत्रकारिता सुरु गरेका पौडेल २०४८ सालमा बर्दिया आई लामो सयमसम्म पत्रकारितामा सक्रिय थिए । नेपाल पत्रकार महासंघ दाङ शाखाका संस्थापक सदस्य हुँदै बर्दिया शाखामा आवद्ध रहेर हाल मानार्थ सदस्यको रुपमा रहेका पौडेल शाखाको पूर्वसल्लाहकारसमेत थिए ।

उनलाई नेपाल पत्रकार महासंघले २०८१ सालमा ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानबाट सम्मानित गरेको थियो । उनको निधनले नेपाली पत्रकारिता जगत्‌ले एक अनुभवी र परिपक्व पत्रकारलाई गुमाएको नेपाल पत्रकार महासंघका केनद्रीय महासचिव रामप्रसाद दाहालद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : जनमञ्च, समाचार, साहित्य

प्रतिक्रिया


ताजा अपडेट