टी– २० विश्वकप एसिया छनोट : नेपाल सात विकेटले हङकङसँग पराजित

काठमाडौं, ३० वैशाख । आईसीसी महिला विश्वकप टी– २० विश्वकपको एसिया छनोटमा नेपाल हङकङसँग पराजित भएको छ । वर्षाले प्रभावित खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो । वर्षाका कारण खेल ५–५ ओभरमा खेलाइएको थियो ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले मात्र २९ रन बनाएको थियो । जवाफमा हङकङले तीन विकेट लिएर जित हात पारेको हो । नेपालका लागि कविता कुँवरले दुई विकेट लिए पनि टिमलाई जित दिलाउन सकिनन् ।
चौथो ओभर बलिङ गरेकी पूजा महतोले १३ रन दिएपछि नेपाल खेलबाट बाहिरिने अवस्था बनेको हो । तीन ओभरमा हङकङले २ विकेट गुमाएर मात्र १४ रन बनाएको थियो । तर, चौथो ओभरमा पूजाले १३ रन दिइन् । उनले दुई ओभरमा १९ रन दिँदा लो स्कोर खेलमा नेपाल पराजित हुन पुगेको हो ।
एसअघि नेपालले बहराइनलाई पराजित गरेको थियो भने हङकङसँगको खेल वर्षाका कारण रद्द भएको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया