Techie IT
Samayabaddha
शुक्रबार, २ जेठ, २०८२

चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते


चितवन, २ जेठ,। पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–१० मा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

लहानबाट काठमाडौंतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

बसमा ३९ जना यात्री रहेकामा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट