Techie IT
Samayabaddha
शुक्रबार, २ जेठ, २०८२

कारको ठक्करबाट मध्यबानेश्वरमा एक बालकको मृत्यु


काठमाडौं, २ जेठ । कारको ठक्करबाट काठमाडौंको मध्यबानेश्वरमा एक बालकको मृत्यु भएको छ । कारको ठक्करबाट तीन वर्षका बालक शिवांस झाको मृत्यु भएको काठमाडौं प्रहरीका एसपी अपिल बोहराले जानकारी दिए ।

बानेश्वरनजिकैको कात्यानी चोकबाट भिमसेनगोलातर्फ जाँदै गरेको बा प्र ०१–३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।

कारले ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेका बालक झाको उपचारका क्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो ।

कार चालक काठमाडौं महानगरपालिका–३१ का ५५ वर्षीय रमेशकुमार श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् । मृतक बालकका बुबा आलोक कुमार लामो सयमदेखि बानेश्वरमा डेरा गरी बस्दै आएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट