रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई अदालतले रिहा गर्न आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधिश द्वय डा. कुमार चुँडाल र तिल प्रसाद श्रेष्ठले उनलाई कानुन व्यवसायीको जिम्मा लगाएर तत्काल रिहा गर्न आदेश गरेका हुन् ।
उनलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको छ । गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन बेलुका पक्राउ गरेको थियो ।
राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अपराधिक उपद्रवजन्य मुद्दामा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । त्यसयता प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार



















प्रतिक्रिया