सेती नदिमा हामफालेका एक युवकको उद्धार

काठमाडौँ, ३ जेठ । शुक्रवार राती पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाईनापुलबाट सेती नदिमा हामफालेका एक युवकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।
नाम वतन नखुलेको अन्दाजी २०२१ वर्षको युवक आत्महत्याको लागि हामफालेका पछि सशस्त्र प्रहरीको टोलीले राती ९ः३५ बजे करिब ४५ मिनेटको प्रयासमा रोप रेस्क्यु प्रयोग गरी उद्धार गर्न सफल भएको हो ।
अन्दाजी १०० मिटर तल सेती नदिको खोँचबाट अर्धचेत अवस्थामा निकालिएका उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
प्रतिक्रिया