Techie IT
Samayabaddha
आईतबार, ४ जेठ, २०८२

सप्तरीमा चट्याङ लागेर सात वर्षीय बालकको मृत्यु, अर्का घाइते


सप्तरी, ४ जेठ । सप्तरीमा चट्याङ लागेर सात वर्षीय बालकको मृत्यु भएको छ।

हावाहुरीसँगै शनिबार परेको चट्याङ लागेर भारतीय नागरिक जहिद खानका सात वर्षीय छोरा जेनव खानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

चट्याङबाट घाइते गम्भीर घाइते भएका बालकको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

चट्याङ लागेर स्थानीय गुलु खानका पनि सात वर्षकै छोरा जुबिर घाइते भएका छन्। उनको छिन्नमस्ता अस्पताल राजविराजमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

 


क्याटेगोरी : पालिका, समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट