सिरहामा गैरव्यवसायिक पत्रकारहरुको बिगबिगी

सिरहा, ४ वैशाख । सिरहामा गैरव्यवसायिक पत्रकारहरुको बिगबिगी बढेपछि पत्रकार महासघले कारबाहीको चेतावनी दिएको छ । पत्रकार र पत्रकारिताका नाममा गैरव्यवसायिक गतिविधि गर्नेहरूलाई कानूनी कारबाहीको दायरामा ल्याइने बताइएको छ ।
नेपाल पत्रकार महासंघ, सिरहाले जारी गरेको सूचनामा सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीय निकाय, व्यापारिक संस्था, प्रहरी कार्यालय, होटलहरुमा धम्काउँदै पैसाको बार्गेनिङ गरिएको उल्लेख छ । त्यस्ता कार्यले पत्रकारिताको छविमा गम्भीर असर पुगेको महासंघको ठहर छ ।
त्यस्ता गैरकानुनी कार्यबाट जोगिन सबै पक्षलाई आग्रह गर्दैै महासंघले कोही संलग्न रहेको देखिएमा नजिकको प्रहरी वा महासंघलाई जानकारी गराउन अपिल गरिएको छ ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया