इञ्जिनमा समस्या देखिएपछि लुक्लातर्फ जाँदै गरेको समिट एयरको विमान काठमाडौंमा आकस्मिक अवतरण

काठमाडौं, ५ जेठ । इञ्जिनमा समस्या देखिएपछि काठमाडौंबाट लुक्लातर्फ जाँदै गरेको समिट एयरको विमानलाई काठमाडौं फर्काइएको छ । बिहान सवा ६ बजे उडेको उक्त विमानलाई काठमाडौंमा अवतरण गराइएको थियो ।
रामेछापमाथिको आकाशमा पुगेपछि विमानको एउटा इञ्जिनमा समस्या देखिएकाले विमानलाई काठमाडौं फर्काइएको कम्पनीले जनाएको छ ।
नाइन एन एएमजी कल साइनको विमानलाई काठमाडौंमा आकस्मिक अवतरण गराइएको हो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया