Techie IT
Samayabaddha
सोमबार, ५ जेठ, २०८२

नारायणी नदी किनारमा गोहीले आधा खाइसकेको अवस्थामा महिलाका शव फेला


काठमाडौं, ५ जेठ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका–२८ मा पर्ने उक्त स्थानमा टाउको र कम्मरभन्दा मुनिको भाग गोहीले खाइसकेको अवस्थामा आइतबार साँझ ५ः२५ बजे महिलाको शव फेला परेको हो ।

चितवन प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको नेतृत्वमा गएको टोलीले शवलाई पानीबाट बाहिर निकालेको थियो ।

प्रहरीले मुचुल्का तयार गरी आवश्यक प्रक्रिया पूरा गरेको जानकारी दिएको छ। अहिलेसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट