आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट : नेपालद्वारा युएई ६ विकेटले पराजित
नेपाल पहिलो पटक विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा

काठमाडौँ, ५ जेठ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा संयुक्त अरब इमिरेट्स (युएई) माथि नेपालले जित निकालेको छ। थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो।
युएईले दिएको ११५ रनको विजय लक्ष्य पच्छाएको नेपालले १९।३ ओभरमा ५ विकेट गुमाउँदै पहिलो पटक विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुगेको हो।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रनको अविजित पारी खेलिन्। उनले २८ बलमा २ चौका प्रहार गरिन्। ओपनर सम्झना खड्काले २१ रन, पूजा महतोले १३ र रुबिना क्षेत्रीले २३ रन बनाइन्। रुबी पोडार ६ रनमा अविजित रहिन्।

यूएईका लागि मिचेल बोता, सुरक्षा कोते, वैष्णबी महेश र कप्तान इशा ओझाले १–१ विकेट लिए। अब मंगलबार हुने थाइल्यान्डसँगको खेलको नतिजाले नेपाललाई केही फरक पर्ने छैन।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया