Techie IT
Samayabaddha
मंगलबार, ६ जेठ, २०८२

तनहुँको डुम्रेमा बस र टिपर ठोक्किँदा सातजना घाइते


काठमाडौं, ६ जेठ । पृथ्वी राजमार्गस्थित तनहुँको डुम्रेमा बस र टिपर ठोक्किँदा सातजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार रुकुम पश्चिमबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१-००१-अ-यू ००५७ नम्बरको टिपर ठोक्किएका हुन्। प्रहरीका अनुसार टिपर मुग्लिन-पोखरा सडकखण्ड विस्तार आयोजनाको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार घाइते एकजनाको गोडा भाँचिएको छ। उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको छ। सामान्य अवस्थामा रहेका उनीहरूको उपचार लक्ष्मी अस्पताल डुम्रेमा भइरहेको प्रहरीले जनाएको छ।

 


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट