Techie IT
Samayabaddha
मंगलबार, ६ जेठ, २०८२

गभर्नर नियुक्ति गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । मङ्गलबार साँझ ६ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो ।

मङ्गलबार दिउँसो नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

भेटवार्तापछि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति बैठक बसेको थियो । बैठकले प्रा.डा. विश्व पौडेललाई पहिलो नम्बरमा राख्दै निलम ढुङ्गाना तिम्सिना र दिनेश भट्टराईको नाम सरकारसमक्ष सिफारिस गरेको थियो ।

बालुवाटार उच्च स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको पहिलो नम्बरमा रहेका पौडेललाई नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त गर्नेछ ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट