सम्पत्ति शुद्धीकरणका शंकास्पद कारोबार ४९ प्रतिशत बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सम्पत्ति शुद्धीकरणका शंकास्पद कारोबार ४९ प्रतिशत बढेका छन् ।
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा सन् २०२४ मा रिपोर्टिङ भएका शंकास्पद कारोबार संख्या २०२३ को तुलनामा ४९ प्रतिशत बढेको हो ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ बमोजिम सूचक संस्थाहरूले इकाइमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनका अनुसार २०२३ मा ६ हजार २ सय ५५ शंंकास्पद कारोबार रहेकोमा २०२४ मा ९ हजार ३ सय ४ पुगेको छ ।
२०२४ मा इकाइले १ हजार ८ सय ९४ प्रतिवेदन विश्लेषण गरेकोमा तीमध्ये १ हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्नेरअनुसन्धानकारी निकाय तथा नियामकीय कारबाहीका लागि पठाएको छ । तीमध्ये ८ सय ८ प्रतिवेदन इकाइले भविष्यमा थप जानकारी प्राप्त भए पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको इकाइले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले इकाइमा २०२३ मा १७ लाख ८३ हजार १ सय ८३ सीमा कारोबार विवरण पेस गरेका थिए । २०२४ मा यस्तो संख्या १९ लाख ७२ हजार ८ सय ५५ पुगेको इकाइले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी गर्नुपर्ने रिपोर्टिङ गर्न इकाइको गोएएमएल प्रणालीमा आबद्ध, कानुन कार्यान्वयन गर्ने÷अनुसन्धानकारी र नियामक निकायको जम्मा संख्या २०२३ को अन्त्यमा १ हजार ४ सय ९६ रहेकोमा २०२४ को अन्त्यमा १ हजार ९ सय ५ पुगेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया