काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट ल्याएको छ । आइतबार बसेको १७औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् ।
२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार संचित कोषमा व्ययभार पर्ने र ६५ करोड अन्य वाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो । बजेट ल्याउनुअघि मेयर बालेन्द्र शाह ९बालेन० ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भएपनि काठमाडौं महानगरभित्रको आन्तरिक विवादका कारण ढिला भएको हो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया