Techie IT
Samayabaddha
शनिबार, २८ भदौ, २०८२

प्रेस चौतारी रुकुम पश्चिम अध्यक्षविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी


रुकुम — प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा किटानी जाहेरी परेको छ। सिस्ने गाउँपालिका–६ की २५ वर्षीया कोइली शाही शनिबार बिहान आफ्नै कोठामा मृत फेला परेपछि उनका परिवारले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा खत्रीविरुद्ध जाहेरी दिएका हुन्।

शाही सिस्ने गाउँपालिकामा कार्यालय सहायकका रूपमा कार्यरत थिइन्। परिवारका अनुसार खत्रीले उनलाई बारम्बार फोनमार्फत मानसिक दबाब दिँदै आएका थिए। त्यही दबाब सहन नसकेर शाहीले आत्महत्या गरेको हुन सक्ने परिवारको दाबी छ।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमा शंकर प्रसाद यादवले अनुसन्धान सुरु गरिएको र जाहेरीमा उल्लेखित व्यक्तिको खोजी भइरहेको जानकारी दिए।

शाहीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट