नक्कली भुटानी शरणार्थी प्रकरणका बन्दी फर्किए
	
				
			नक्कली भुटानी शरणार्थी प्रकरणका तीन प्रतिवादीहरू केन्द्रीय कारागार फर्किएका छन् । २४ भदौमा विभिन्न कारागारमा तोडफोड र आगजनी भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरू पूर्व गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बेचन झा फरार भए पनि बुधवार दिउँसो केन्द्रीय कारागार सुन्धारा फर्किएका हुन् ।
२३ भदौमा जेनजीमाथि प्रहरी दमनको विरोधमा भोलिपल्ट २४ भदौमा भड्किएको प्रदर्शनपछि काराारसम्म तोडफोड र आगजनी भएर देशका २८ कारागार र अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेकासहित १४ हजार ४३ कैदीबन्दी र थुनुवा भागेकामा पाण्डे, राई र झा पनि यसअघि सम्पर्कविहीन थिए । भागेकाहरू धमाधम पक्राउ पर्न थालेपछि उनीहरू पनि फर्किएका जेन–जी’ को अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शनका बेला विभिन्न कारागार/बन्दीगृह र प्रहरी हिरासतबाट भागेकामध्ये करिब ७ हजार ८ सय ४३ कैदीबन्दी र थुनुवा पक्राउ परेका छन् । भागेका १४ हजार ४३ कैदीबन्दी र थुनुवामध्ये ६ हजार २ सय अझै फरार छन् ।
क्याटेगोरी : समाचार


				
				
				
				
				
				
















प्रतिक्रिया