Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

उज्वलले राेपेकाे वैकल्पिक राजनीतिकाे बीउकाे नयाँ रूख


विवेकशील पार्टीको अध्यक्ष भइसकेका सामाजिक अभियन्ता मिलन पाण्डेले अहिलेको युवा पुस्ताको राजनीतिक जागरण उज्वल थापाले कोरेको बाटोबाट अघि बढिरहेको बताएका छन् । १३ वर्षअघि सुशील थापाले बोकेको नारा “युवा अघि सर्छ, देश अघि बढ्छ” अहिले आएर व्यवहारमै परिणत भएको बताएका हुन् । पाण्डेका अनुसार, अहिले गठन भएको सुशीला कार्कीनेतृत्वको अन्तरिम सरकारले तीन महत्वपूर्ण कामलाई प्राथमिकतामा राख्नुपर्छ । जसमा पहिलो, निर्धारित समयमा निर्वाचन सम्पन्न गराउने । दोस्रो, आन्दोलनमा भएका घटनाप्रति उच्चस्तरीय छानबिन आयोगमार्फत छानबिन गर्ने । र तेस्रो, सबै कर्मचारी र नेताहरूको सम्पत्ति छानबिनलाई तिव्रता दिने ।

त्यस्तै, पाण्डेले अन्तर्वार्तामार्फत हालका सबै नेतामध्ये तुलनात्मक रुपमा डा. बाबुराम भट्टराईमा उच्च राजनीतिक संस्कार रहेको टिप्पणी गरे । सुशीला कार्कीको सपथमा पूर्वप्रधानमन्त्रीमध्ये उनको उपस्थितिको सम्मान समेत गरे । भट्टराईमा त्यागको राजनीति रहेको र उनले पटक–पटक त्यसको प्रमाण प्रस्तुत गरेको पाण्डेको भनाइ छ । माओवादी पार्टीमा रहदा दोश्रो तहको पदबाट समेत त्याग गर्नु, पार्टी छोड्नु, आफ्नो पकड भएको गोर्खा क्षेत्र छोड्न सक्नु बाबुरामको उच्च योगदानको नमुना भएको पाण्डेको दावी छ । बाबुरामले हालै आफ्नो पार्टीको अध्यक्ष पदबाट पनि राजिनामा दिएका छन् । पाण्डेले डिजि भिजनमा दिएको उक्त अन्तर्वार्तामा विचार र व्यवहार मिल्ने सबैसँग मिलेर जान आफू उदार भएको समेत बताएका हुन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट