खुल्यो मुग्लिन–नारायणगढ सडकखण्ड
	
				
			चितवनको इच्छाकामना गाउँपालिकामा–५ स्थित तुइन खोलामा आएको पहिरोपछि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । सडक बिहीबार राति साढे १० बजेपछि पुनः सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । अहिले सडक दुईतर्फी नै सुचारु भएको छ ।
गत मंगलबार करिब साढे ४ बजेदेखि सो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । पहिरो पन्छाउने काम बुधबार बिहानबाट मात्र थालिएको थियो । बिहीबार साँझ अबेरसम्म पनि पहिरो पन्छाउने काम नसकिएपछि फ्लडलाइट बालेर काम गरिएको थियो । यसबीचमा १६० मिटर लामो पहिरो पन्छाउन ५ वटा बढी डोजर प्रयोग गरिएको थियो । यो सडकखण्डमा भएको निरन्तरको अवरोधले यात्रुहरू समस्यामा पर्दै आएका छन् ।
जानकारहरूका अनुसार, सडकमा सवारी साधनहरूको लामो जाम भएकाले सहज रूपमा यात्रा गर्न भने केही समय लाग्ने छ ।
क्याटेगोरी : समाचार


				
				
				
				
				
				
















प्रतिक्रिया