Techie IT
Samayabaddha
बिहीबार, २० कात्तिक, २०८२

निर्वाचन आयोग पुग्यो नेपाली कम्युनिस्ट पार्टी दर्ताको निवेदन


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । पार्टी दर्ताका लागि हिजो बुधबार नै निवेदन दिइएको नेता प्रकाश ज्वालाले जानकारी दिए ।

बुधबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० घटकले एकता घोषणा गरेका थिए । नवगठित पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड छन् ।

सह–संयोजक माधवकुमार नेपाल राखिएका छन् । पार्टीको चुनाव चिह्न तारा राखिएको छ ।

दर्ताका लागि केही डकुमेन्टपछि दिने गरी पार्टीको नाम, चिह्न, संयोजक, सह–संयोजकलगायतको विवरण आयोगमा बुझाइएको छ । बाँकी विवरण छिट्टै बुझाइने ज्वालाले जानकारी दिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट