Techie IT
Samayabaddha
शनिबार, २० असार, २०८३

यती एयरलाइन्सले निर्वाचनका दिन सबै उडान स्थगित गर्ने


काठमाडौं । यती एयरलाइन्सले २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका दिन आफ्ना सबै निर्धारित उडान स्थगित गर्ने जनाएको छ। कम्पनीले सूचना जारी गर्दै उक्त दिन उडान नहुने जानकारी दिएको हो।

यद्यपि निर्वाचन आयोगले यसपालि आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरेको छ, त्यसैले कम्पनीहरूले चाहेमा उडान सञ्चालन गर्न सक्ने अवस्था रहेको थियो।

कम्पनीका अनुसार २२ फागुनदेखि उडान नियमित तालिकाअनुसार सञ्चालन हुनेछ। काठमाडौंमा हवाई यात्रुका लागि सटल बस सुविधा उपलब्ध गराइनेछ। तर, अन्य विमानस्थलमा त्यस्तो सुविधा नहुँदा यात्रुहरूलाई केही असहजता हुन सक्ने बताइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट