Techie IT
Samayabaddha
सोमबार, २४ कात्तिक, २०८२

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा तोडफोड, कार्यालयमा ताला !


जनकपुर । मधेस प्रदेशमा मुख्यमन्त्रीको नियुक्तिको विरोधमा एमालेवाहेकका दलका नेता तथा कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् । प्रदर्शनकारीहरुले मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुखको कार्यालय तोडफोडका साथै तालाबन्दी गरेका छन् ।

प्रदर्शनकारीहरुले नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय, मन्त्रालयमा तालाबन्दी गरेका हुन् ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीको कार्यालयमा पनि प्रदर्शनकारीहरुले तोडफोड गरेका छन् । सोमबार बिहान एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख भण्डारीले बर्दिवासको एक होटलमा मुख्यमन्त्रीमा नियुक्त गरी त्यही पद तथा गोपनियताको सपथ गराएकी थिइन् । यसको अहिले सर्वत्र विरोध भइरहेको छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट