बालेन साहलाई पितृशोक
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ ।
उनका बुवा रामनारायण साहको सोमबार मध्याह्न सिभिल अस्पतालमा निधन भएको हो । उनलाई आइतबार नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पु¥याइएको थियो ।
७७ वर्षीय साहलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको र संक्रमण शरीरमा फैलिएको अस्पताल स्रोतले बताएको छ ।
आजै उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बतायो ।
रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनी आयुर्वेद डाक्टर थिए ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया