सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाकै ३ लाख ९ हजार ३ सय
काठमाडौं । सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। पछिल्ला चार दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउदै बढ्ने क्रममा रहेको हो । यस दिन सुन प्रतितोला ३ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँमा कायम महासंघले जनाएको छ ।
त्यस्तै,आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ सय ५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्यले पनि सोमबार बनाएको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।
क्याटेगोरी : अर्थ, समाचार


















प्रतिक्रिया