Techie IT
Samayabaddha
मंगलबार, २७ माघ, २०८२

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो


काठमाडौं । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको छ। यो सँगै मृतकको संख्या ९ पुगेको हो ।

६ जनाको उपचारका क्रममा अस्पतालमा र तीन वटा शव घटनास्थलमा फेला परेको हो ।काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।

उद्धार गरेकाहरूलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ ।

आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको थियो । जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बाटोबाट अन्य थप यात्रु चढेनचढेको खुलेको छैन ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ ।


क्याटेगोरी : सडकतिर, समाचार

प्रतिक्रिया


ताजा अपडेट